वीरगन्ज,वीरगन्ज महानगरपालिकाका चार वटा विद्यालयमा पूर्णरुपमा अंग्रेजी माध्यममा पठनपाठन गराउने बाटो खुलेको छ ।उच्चअदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले सामुदायिक विद्यालयका बालबालिकालाई निशुल्क रुपमा अंग्रेजी माध्यममा पठनपाठन गराउने मनसायले ४ वटा विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन सुरु गरेको देखिएको भन्दै यसअघि गरेको अल्पकालिन आदेश खारेज गरेसँगै पठनपाठन गराउने बाटो खुलेको हो ।अदालतले गएको १४ गते महानगरले अघि बढाएको योजना तत्कालका लागि यथास्थितिमा राख्न अल्पकालिन आदेश दिँदै बिहीवारको लागि छलफलमा बोलाएको थियो ।दुबै पक्षको बहसपछि अदालतले अल्पकालिन अन्तरिम आदेश निरन्तरता दिइरहनु पर्ने नदेखिएको भन्दै नियमानुसार गर्न आदेश दिएको हो । रिटमाथि सुनुवाई गर्दै अदालतका न्यायाधीश लेखनाथ पौडेल र सुदर्शनदेव भट्टको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।पूर्णरुपमा अंग्रेजी माध्यमको पठनपाठन गराउने महानगरको निर्देशनविरुद्ध अभिनय गुप्ताले वीरगन्ज महानगरसहितलाई विपक्षी बनाएर उच्चअदालतमा उत्प्रेरण परमादेशको रिट दायर गराउनुभएको थियो ।महानगरको तर्फबाट अधिक्ता कमलमोहन पोखरेल, प्रमोदप्रसाद र कानुन अधिकृत ईश्वर बरालले बहस गरेका थिए भने निवेदकको तर्फबाट अधिवक्ता सुधिरकुमार कर्णले बहस गर्नुभएको थियो ।वीरगन्ज महानगरपालिकाले चालु शैक्षिक सत्रबाट त्रिजुद्ध, नृसिंह, माइस्थान विद्यापीठ र सिदार्थ माविमा पूर्णरुपमा अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेको छ ।

Leave a Reply