निजगढ,बोधिश्रवण धर्म संघ बाराले मंगलवार निजगढमा महामैत्री दिवसको असरमा शान्ति पैदलयात्रा गरेको छ ।निजगढको पूर्वपश्चिम राजमार्गको भमरा खोला पुलमा भेला भएको पैदलयात्रीहरुले निजगढ नगर परिक्रमासहित यात्रा गरेका हुन । पैदल यात्रामा बारा, पर्सा, रौतहट, सलाही र मकवानपुरका समेत गरी हजारौंको सहभागिता रहेको थियो । पैदलयात्रामा सरिक भक्तजनहरु मंगलवार नै तपस्या स्थलमा पुगेर विश्व शान्ति महामैत्री पूजा, प्रार्थना, जप, ध्यान र बत्ती अर्पण कार्यक्रममा सहभागी बनेका थिए । तिन दिनसम्म चल्ने सो कार्यक्रममा सोमवार बिहान पुनः विश्व शान्ति महामैत्री पूजा, प्रार्थना, जप, ध्यान र बत्तीअर्पण गरिने छ भने सोही दिउसो १ बजेबाट धार्मिक गुरुहरुबाट धर्म देशना कार्यक्रम हुने र पाहुनहरुबाट मन्तव्य तथा साँझ ७ बजेबाट तपस्वी रामबहादुर बमजनको तपस्यास्थल रतनपुरीमा विश्व शान्ति महामैत्री दीप प्रज्वलन कार्यक्रम गरी मैत्री दिवस मनाइने बोधिश्रवण धर्म संघ बाराका अध्यक्ष राजु साहले जानकारी दिनुभयो ।शान्ति, सहजीवन, सहअस्तित्व, सहवास, सहकार्य तथा वातावरणको रक्षा र मुक्ति मोक्षको निम्ति बोधिमार्ग दर्शन मैत्री धर्मले तपस्वी रामबहादुर बोम्जनको पहिलो तपस्या स्थल निजगढको रतनपुरमा महामैत्री दिवस मनाउन लागेको हो । सत्यलाई कसैले पनि इन्कार गर्न नसक्ने अमर तथ्य बुझेर सत्यमार्गमा समाहित हुन महामैत्री दिवस मनाउन लागिएको अध्यक्ष साहले बताउनुभयो ।तपस्वी भनिएका रामबहादुर बम्जन (महा सम्बोधि धर्म संघ गुरु) का अनुयायीहरुले सुरु गरेको बोधिश्रवण धर्म स्थापना भएको १७ वर्ष पुरा भई १८ वर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रम गर्न लागिएको हो ।

Leave a Reply