सिमरा,जिल्लामा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै बारा ट्राफिक प्रहरीले चालकहरुलाई सडकमै प्रशिक्षण दिने अभियान सुरु गरेको छ ।दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा र मातहतको युनिटले सवारी चालक, सवारी धनी र आम सर्वसाधरणको लागि सचेतना अभियान सुरु गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख रामकुमार महतोले आफै पनि जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर सचेतना कार्यक्रम संचालन गर्नथाल्नुभएको छ ।ट्राफिक प्रहरी प्रमुख महतोका अनुसार अमलेखगंजमा सवारी दुर्घटना न्यनिकरण गर्ने उद्देश्यले चुरियामाईदेखि ३ नम्बर पुलसम्मका पोल तथा पुलको सुरक्षाको लागि राखिएको जालिमा रातको समयमा टलकने रिफ्लेटिप स्टिकर टाँसिएको छ । उहाँले टल्किने स्टिकर रिफ्लेक्टरले हुस्सु लागेका बेला र रातको समयमा दुर्घटना न्यूनीकरणको लागि मद्दत पुग्ने बताउनुभएको छ ।प्रशिक्षणको क्रममा सर्वसाधारणलाई सवारी चलाउदा सिट क्षमता, हेलमेट सवारी साधनको नियमित चेक जाँच लगायतका विषयमा समेत होसियारी बन्नु पर्ने ट्राफिक प्रहरीको भनाई छ । उहाँले आगामी दिनमा जिल्लाको विभिन्न शैक्षिक संस्थामा पनि विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि जानकारी दिने योजना रहेको बताउनुभएको छ ।

Leave a Reply