निजगढ,निजगढ नगरपालिका वडा नम्बर ११ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सोमवार विद्यालय भवनको शिल्यान्यास भएको छ ।निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको ४ कोठे पक्की भवनको शिल्यान्यास गर्नुभएको हो । भवन शिल्यान्यास कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, वडा अध्यक्ष सहइया गुरो, जनप्रतिनिधि, विद्यालयका अभिभावक र स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आगामी असार मसान्तभित्रमा निर्माण सम्पन्न गर्ने गरी ४५ को लागतमा भवन निर्माण हुन लागेको हो । भवन निर्माण भएपछि बालबालिकाको पठनपाठनमा थप सहज हुने विद्यालयका प्रधानाध्यापक इन्द्रदेव यादवले बताउनुभयो ।

Leave a Reply