दिपेन्द्र जयसवाल

गन्जभवानीपुर,करैयामाई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ८ मा रहेको नरही स्वास्थ्य चौकीमा आऊ मिली सहयोग गरौं, मध्यपुर ठिमि ५ भक्तपुरको आयोजना र करैयामाई तथा बारागढी गाउँपालिकाको संयुक्त सहयोगमा निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो ।वृहत निःशुल्क स्वास्थ्य शिविरमा जेनरल मेडिसिन, मानसिक रोग, मुटु रोग, ड्याबिटिज, उच्चरक्तचाप, थाईराइड, बाल रोग, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी र दन्त रोग, आँखा सम्बन्धि उपचार तथा अन्य रोगहरूको उपचार निःशुल्क स्वास्थ्य चेकजाँच गरी औषधि समेत वितरण गरिएको थियो ।वृहत स्वास्थ्य शिविरमा आशीर्वाद अस्पताल कलैया, वीरगन्ज र काठमाडौंका वरिष्ठ विभिन्न रोगका विशेज्ञ चिकित्सकहरूको टोलीले बिरामीहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए । साथै दृष्टि आँखा अस्पताल र वीरगन्जबाट आएका वरिष्ठ नेत्र चिकित्सकहरूबाट सो शिविरमा आएका बिरामीहरूलाई आँखाका चेकजाँज गरेका थिए ।आयोजक संस्थाका अध्यक्ष लिलाराज चौधरीको अध्यक्षतामा भएको सो शिविरमा करैयामाई गाउँपालिकाकी उपाध्यक्ष सुनैनाकुमारी चौधरी, बारागढी गाउँपालिकाकी अध्यक्ष अशोककुमार जयसवाल, बारागढी गाउँपालिकाका लेखा प्रमुख अजय चौधरी, जिल्ला समन्वय समिति बाराको जिल्ला समन्वय अधिकारी आमोद चौधरी, करैयामाई गाउँपालिका वडा नं. ८ का अध्यक्ष दिनेश चौधरीको उपस्थिति थियो ।
यस्तै सञ्चारकर्मी दिपेन्द्र जयसवाल, वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेज्ञ डाक्टर राजेन्द्रकुमार चौधरी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, नरही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू, विभिन्न चिकित्सक लगायत स्थानीयहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सो निःशुल्क वृहत स्वास्थ्य शिविरमा महिला र पुरूष गरी कुल करिब एक हजार जनाले आ(आफ्नो स्वास्थ्य परीक्षण गरेको आयोजकले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here