पोखरिया/ सेडवा, ३ भदौँ– सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिखमपुरले पर्साको सिमावर्ती जगरनाथपुर गाउँपालिका वार्ड नं २ दसवताबाट गएराति ठुलो परिमाणमा लागु औषध चरेस बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक किशमान तामाङको नेतृत्वमा रहेको टोलीले २० किलो लागुऔषध चरेस बरामद गरेको हो ।

नेपालको मुडली टिनडोबियाबाट चरेसको खेप लिएर भारततर्फ लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीले दसौता गाउँ नजिक ओरीय खोलाबाट ३८ पोकामा रहेको चरेस बरामद गरेको थियो ।

तस्करहरु भने प्रहरीलाई देख्नासाथ चरेसको पोका फालेर भागेका थिए । बराम्मदे चरेस आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइने निरीक्षक तामाङले बताउनुभयो ।

निषेधाज्ञाको समयमा पनि तस्कर समुहले मकवानपुरको जंगल हुँदै पर्साका विभिन्न नाका प्रयोग गरी लागूऔषध भारत तर्फ निकासी गर्दै आएका छन ।

Leave a Reply