आरके राजन

सिम्रौनगढ,सिम्रौनगढ नजिक सिमावर्ति भारतको घोडासहनमा एक जना व्यवसायीको गोली हानी हत्या भएको छ ।घोडासहन थाना क्षेत्रको श्रीपुर कसवा निबासी खोर्सानी व्यापारी सोमनाथ साहको हत्या भएको हो । साह खुर्सानी र मसालाको थोक बिक्रेता हुनुहुन्छ । शुक्रवार साँझ ६ बजे आफ्नो घर जादै गरेका उहालाई सिताराम भगतको मन्दिर नजिक अज्ञात समुहले गोली हानेको बताइएको छ ।गोली लागेर गम्भीर घाईते भएका साहलाई उपचारको लागि मोतिहारी लैजादै गर्दा बाटोमा मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । गोली प्रहारपछि उहाँको साथमा रहेको नगद ३ लाख रुपैँया समेत लुटिएको प्रहरीले बताएको छ ।गोली हान्ने अपराधीको खोजतलास भैइरहेको घोडासहन सिकरहना अनुमण्डलका डिएसपी राजेश कुमारले जानकारी दिनुभयो । यसैबीच घोडासहन व्यवसायीहरु शुक्रवार व्यापारी हत्याको विरोधमा पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले मृतकको शव सडकमै राखेर सडकजाम गर्दै प्रशासन विरुद्ध नारा लगाएका छन् । फरार अपराधीलाई तुरुन्त पक्राउ गरी कानुनी दायारामा ल्याउन र मृतकको परिवारलाई क्षतिपुर्ती दिन माग गरेका छन् ।

Leave a Reply