निजगढ,साविक निजगढ गाउँ पञ्चायका पूर्वपधानपञ्च एवंम निजगढ नगरपालिकाका समाजसेवी श्रीसन्तबहादुर राउतको शनिवार निधन भएको छ ।निजगढ गाउँपन्चायतको २ पटक (१० वर्ष) सम्म प्रधानपन्च निर्वाचित राउतको ८४ वर्षको उमेरमा निधन भएको हो ।राउतको निधनप्रति निजगढ नगरपालिकाका राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारणको सामाजिक सन्जालमा समवेदना प्रकट गर्ने ओइरो नै लागेको छ ।यसैबीच नगर प्रमुख सुरथ पुरीले शोक सन्देश जारी गर्दै राउतको निधनप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ । आफ्नो फेसबुक आइडिमा नगर प्रमुख पुरीले जीवनको अन्तिम क्षणसम्म पनि निजगढको विकास र उन्नतिको लागि राउतले पु¥याउनुभएको योगदानको उच्चकदर गर्दै उहाँले देखाउनुभएको मार्गमा लागिरहने प्रेरणा हामी सबैमा मिलिरहोस भन्ने कामना कामना गर्नुभएको छ ।लामो समयदेखि क्यान्सर रोगले पीडित राउतको आफ्नै घरमा शनिवार बिहान निधन भएको हो ।


















