वीरगञ्ज,अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नै श्रीमान्को साङ्घातिक आक्रमणबाट गम्भीर घाइते भई दाहिने खुट्टा गुमाएकी हरिकला सहनीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।वीरगञ्जस्थित एल.एस. न्युरो हस्पिटलमा उपचाररत सहनीको स्वास्थ्य अवस्था र आर्थिक स्थितिलाई मध्यनजर गर्दै इन्सेकले १० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएको हो । गत चैत १ गते श्रीमान्ले प्रहार गरेको धारिलो हतियारबाट उनको खुट्टामा गम्भीर चोट लागेको थियो । उपचारका क्रममा चोट निको नहुने भएपछि चिकित्सकहरूले उनको खुट्टा काट्नुपरेको थियो ।
इन्सेक पर्साका प्रतिनिधि तुलसी भण्डारीसहितको टोलीले अस्पतालमै पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । घटनामा संलग्न उनका श्रीमान्लाई प्रहरीले चैत १४ गते नियन्त्रणमा लिइसकेको छ । पक्राउ परेका उनीमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply