जनकपुरधाम,जनकपुरधामको जनकचौकमा विगत ९ दिनदेखि आमरण अनसनमा बसेका चुरे अभियानीहरुको अनसन शुक्रबार बेलुका तोडिएको छ । प्रदेश नं २ सरकारले सातवुंदे सहमती गरेपश्चात अनसनकारीले अनसन तोडेका छन ।

प्रदेश सरकारकोतर्फबाट भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले शुक्रवार अनसनमा बस्नुभएका धनुषाका अमन यादव र पर्साका रानी रायलाई जुस पिलाएर अनसन तोडाउनुभएको हो ।

शुक्रवार अनसनकारीकोतर्फबाट चुरे तथा वनजंगल संरक्षण अभियानका सल्लाहकार तथा समाजीक अभियन्ता सरोज रायले सहमती पत्रमा हस्ताक्षर गर्नुभएको छ । सहमतीमा उल्लेख अनुसार आमरण अनसनको दौरान चुरे तथा वनजंगल संरक्षण अभियानद्धारा सार्वजनिक गरिएको विभिन्न पाँच वुंदे माग सम्वन्धमा छानबिन गर्न प्रदेश सरकारसंग सहमती भएको मितिबाट सात दिनभित्र प्रदेश सरकारको उद्योग पर्यटन तथा वन मन्त्रालयको उपसचिवको संयोजकत्वमा पाच सदस्यीय छानवीन समिति गठन गर्ने निर्णय गरिएको छ ।

छानवीन समितिले आवश्यक परेमा स्थानीय निकाय, स्थानीय प्रशासन, मालपोत, नापी कार्यालय लगायत सम्वन्धित निकायसंग सहयोग लिन सक्ने छ । त्यसैगरी छानबिन समितिले जिम्मेदवारी पाएको २१ दिन भित्रमा प्रतिवेदन सम्वन्धित निकायमा पेश गर्नु पर्ने छ भने छानबिन समितिको प्रतिवेदनको सुझाव बमोजित आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने सहमतीमा उल्लेख गरिएको छ । चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादव सहित अभियानीहरुमाथि लगाइएको मुद्दा फिर्ता सम्वन्धमा प्रदेश सरकारल पहल गर्ने भएको छ भने ओम प्रकास महतो (दिलिप महतों)लाई पर्यावरण शहिद घोषणा गराउन प्रदेश सरकारले आवश्यक पहल गर्ने र परिवारको एकजना सदस्यलाई सरकारी रोजगारीका लागि प्रदेश सरकारले व्यवस्था मिलाउने समेत सहमती गरिएको छ ।

चुरे अभियानीहरु गत बिहीबारदेखि पाँच वुँदे माग सहित आमरण अनसनमा बसेका थिए । अनसन तोडेपछि अभियानीहरुलाई प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ ।

 

Leave a Reply