वीरगन्ज,वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन आउँदो १३ जेठमा सार्ने तयारी भएको छ । निर्वाचन समितिले सूचना निकालेर हाललाई स्ववियु निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित गरिएको जानकारी गराएको छ ।त्रिभुवन विश्वविद्यालयले ५ चैतमा स्ववियु चुनावको मिति तोके पनि मतदाता नामावलीमा त्रुटि देखिएपछि ८ चैतमा सारिएको थियो । तर संशोधित तालिका अनुसार पनि निर्वाचन गर्न सक्ने अवस्था नभएको भन्दै निर्वाचन समितिले १३ जेठमा सार्न प्रस्ताव गरेको छ ।निर्वाचन अधिकृत रोशन लामिछानेले जारी गरेको सूचनामा मनोनयन फारम वितरण कार्यक्रमको दिन विद्यार्थी संघ संगठनले तालाबन्दी गरेकाले अन्योल भएको बताउनुभएको छ । स्ववियु चुनावका विषयमा पर्साका प्रमुख जिल्ला अधिकारीको समन्वयमा राजनीतिक दलका प्रतिनिधिको बैठक गरिएको थियो ।उक्त बैठकको सुझाव अनुसार निर्वाचन प्रक्रिया स्थगित गरिएको निर्वाचन अधिकृत लामिछानेले बताउनुभयो । त्रिविको परीक्षाहरुलाई प्रभाव नपर्ने गरी २०८० जेठ १३ गते स्ववियु निर्वाचन गर्न गराउन क्याम्पस प्रशासन मार्फत त्रिभुवन विश्वविद्यालय किर्तिपुरलाई अनुरोध गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

Leave a Reply