वीरगन्ज,विराटनगरमा राजमिस्त्रीको काम गर्दै आएका वीरगन्जका एक व्यक्ति सोमबार राती सुतिरहेको ओछ्यानमै मृत फेला परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–१४ घर भएका ५० वर्षीय लम्बु दाइ भनिने भीखमप्रसाद मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्ष्क्षक मानबहादुर राईले जानकारी दिनुभयो । उहाँका अनुसार भीखमप्रसाद विराटनगर महानगरपालिका–१३ की सीता घिमिरेको घरमा कोठा भाडामा लिएर एक वर्षदेखि डेरा बस्दै आएका थिए । डेरा बसेकै घरको कोठामा भित्रबाट ढोकाको चुक्कुल लगाएर सुतिरहेका उनलाई ओछ्यानमै मृत फेला पारिएको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो । बाहिरबाट साथीहरुले बोलाउँदा नबोलेपछि चियाएर हेर्ने क्रममा मृत्यु भएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको जानकारी उहाँले जानकारी दिनुभयो । विराटनगरमा बस्दै आएका उनी घर लगायतका संरचना निर्माण गर्ने राजमिस्त्रीको काम गर्थे। प्रहरीले शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ । तर शरीरमा कुनै चोटपटक भने नदेखिएको राईको भनाइ छ ।