राजकुमार यादव
मौलापुर,रौतहटमा मोटर चलाउने क्रममा करेन्ट लागेर बुधवार साँझ एक जनाको मृत्यु भएको छ ।जिल्लाको राजदेवी नगरपालिका एक किसानको विद्युतीय मोटरको प्रयोग गरेर खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । राजदेवी नपा वडा नं ७ मुडवलवा निवासी अनुपलाल यादवको छोरा अंदाज ४० वर्षीय श्याम यादवको करेन्ट लागेर बुधवार बेलुका ५ः३० बजेको समयमा मृत्यु भएको हो ।आफ्नै उखु खेतमा विद्युतीय मोटर जोडेर पानी पटाउदै गर्दा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका यादवलाई प्रादेशिक अस्पताल गौरमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।मृतक युदवको शव पोष्मार्टम गरी परीवारजनलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक उमाशंकर यादवले जनकारी दिनुभयो ।


















