सिमरा,जनप्रतिनिधि र कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन जीतपुरसिमरा उपमहानगरपालिकाले अनुरोध गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयले सम्पत्ति विवरण बुझाउने सम्बन्धी सूचना प्रकाशन गरेको हो ।
सूचनामा भनिएको छ, बहालवाला जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) मा व्यवस्था भए बमोजिम आर्थिक वर्ष समाप्त भएको ६० (साठी) दिनभित्र र नयाँ नियुक्ति भएका कर्मचारीहरुको हकमा नियुक्ति भएको मितिले ६० (साठी) दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने कानूनी व्यवस्थामा रहेको छ । आ.व.२०८०-०८१ को सम्पत्ति विवरण कार्यालयको प्रशासन तथा जनशक्ति विकास शाखामा बुझाउनु अनुरोध गरिएको छ ।

Leave a Reply