निजगढ,बारा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीलाई निजगढ छठ पुजा समितिले सोमवार सम्मान गरेको छ ।

छठ पर्व समापनको क्रममा निजगढस्थित बकैया घाटमा उम्मेदवार मैनालीलाई समितिको तर्फबाट अध्यक्ष हिृदय रौनियारले सम्मान पत्र प्रदान गरेर सम्मान गर्नुभएको हो । सो अवसरमा मैनालीसंगै कोल्हबी नगरपालिकाका पुर्वनगर प्रमुख तथा नेकपा एमालेका नेता भरतबहादुर भण्डारीलाई पनि समितिले सम्मान गरेको थियो । ब्रतालु महिलाहरुसंग भेटघाट गर्ने क्रममा एमाले उम्मेदवार मैनाली सोमवार बिहान ५ बजे निजगढ आइपुग्नु भएको थियो ।

त्यसैगरी मैनालीले निर्वाचन क्षेत्रमा पर्ने सखुवा, ककडी, प्रसौना र सुखिपथरा छठी घाटमा पनि ब्रतालुसंग हिजो बिहान भेटघाट गर्नुभएको थियो । सो अवसरमा प्रदेश सभा क का उम्मेदवार त्रिलोकीप्रसाद चौधरी, एमाले नेता गोविन्द पौडेल, नेकपा एमाले कोल्हबी नगर कमिटी अध्यक्ष पुरनदेव चौधरी, किशोरीप्रसाद चौधरी, शिव रिजाललगायत एमाले कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

उता, प्रतिनिधिसभा सदस्यका प्रत्यासी मैनाली र सोही क्षेत्रको ख बाट प्रदेश सभा सदस्यमा जसपाका उम्मेदवार सरोजकुमार यादवको टोलीले यसअघि सिम्रौनगढ नगरपालिकाको विभिन्न छठी घाटमा पुगेर अस्ताउँदै गरेको सुर्यको पूजा आरधना गरी ब्रतालुहरुसंग भेटघाट गरेको थियो ।

Leave a Reply