सिमरा,पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत जनहित उपभोक्ता समितिको साधारणसभा शनिवार सम्पन्न भएको छ । जीतपुरसिमरा २ स्थित समितिको कार्यालयमा १५औं र १६औं वार्षिक साधारणसभा एकैसाथ सम्पन्न भएको हो ।साधारण सभाको उद्घाटन मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले गर्नुभएको थियो । साधारणसभाको उद्घाटन कार्यक्रममा मधेस प्रदेशसभा सदस्य मञ्जुकुमारी थापामगर, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, वडा नं. ३ का वडाध्यक्ष ताराबहादुर कार्कीलगायत विभिन्न वन उपभोक्ता समितिका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।समितिका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाको संचालन सचिव पेशल मुल्मीले गर्नुभएको थियो ।




















