थारु गित बिन्दिया तोहार बिन्दियाको बेजोड निर्देशन सफलता पछि “तोहरा बिन” आउँदै छन् । थारु गीत “तोहरा बिन” यहि शुक्रवार बि एन्ड जि इन्टरनेटमेन्ट नेपाल युटुब च्यानेलबाट सार्वजनिक हुने भएको जानकारी प्राप्त भएको छ । थारु पत्रकार पर्साका दिपेन्द्र चौधरीको पहिलो थारु म्युजिक भिडियो “तोहरा बिन”को शुक्रबार सार्वजनिक हुने भएको छ ।

 

थारु समुदायको जिल्लै पिच्छे भाषा परिवर्तन हुने रहेकाले सो गित पर्सा जिल्लाको विशेष शब्द र भाषामा रचिनुको साथै पर्सा जिल्लाको पहिलो थारु गीत छायांकन समेत रहेको संचारकर्मी चौधरीको सुनाउनुभयो ।

 

संचारकर्मी चौधरीका अनुसार “तोहरा बिन” एक मध्यवर्ग जोडी र संघर्षको प्रेम काहानी हो । जुन मायाप्रेम भने जो जसलाई जहा पनि हुन सक्छ । दैनिकी काम गरेर आफ्नो जीवनयापन गर्ने यो एक कामदार र तरकारी बेच्ने बिचको प्रेमलाई दर्साएको हो । जसमा दैनिकी रोजगार कामदारको अभिनयमा पर्साका संचारकर्मी चौधरी गरेको छ भने तरकारी बेच्नेमा थारु मेडेल श्रीजना चौधरीले गरेकी छिन् ।

 

 

 

 

अनु चौधरी र सुनिल विश्वाकर्माको स्वरमा सजिएको संञ्चारकर्मी चौधरी र थारु मोडेल श्रीजना चौधरीले अभिनय गरेको सुनाउनुभयो । त्यसैगरी लिरिक्स अमन बि.सि.र सिधु धमलाले गर्नुभएको छ । भने म्युजिक एरेन्ज गणेश चौधरी, मिक्सम्याक्स चन्द्रा चौधरीको रहेको हो ।

 

 

त्यसैगरी रेकर्डिङ्ग दिल जि स्टुडियो अक्स्टिड स्टुडियो रहेको प्रोडुसर राजन चौधरीले बताउनुभयो ।
साथै क्यामरा इडिट बिकाश गुरु , सन्दीप चौधरी कोरियो, मेकप बियन्सा ठकुरी / पुर्णिमा चौधरी, प्रोडक्सन म्यानेजमेन्ट राज गुप्ता, असिस्टेन्ट अनिल चौधरी / अनिश श्रेष्ठ / राजिब चौधरी / प्रकाश लामा, प्रोडुसर राजन चौधरी, गणेश चौधरी रहेको बि. एन्ड जिको संचालक एंम थारु कलाकार बिरु चौधरीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here