कलैया,बारा प्रहरीले शुक्रवार बिहान ठुलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ मलाही टोलका ३४ वर्षीय धर्मेन्द्र सहनी मलाहा रहेका छन् ।
प्रहरी चौकी पथलैयबाट खटिएको प्रहरी टोलिले नारायणघाटबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.८ ख ७३४६ नम्बरको बस रोकेर जाँच गर्दा १० किलो सात सय ७८ ग्राम अवैध लागूऔषध गाँजा बरामद भएको हो ।प्रहरीका अनुसार उक्त बसमा सवार सहनीले बोकेको कालो झोलामा लुकाईछिपाई राखेको अवस्थामा गाँजा बरामद भएको हो । पक्राउ परेका सहनीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply