सेढवा,पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ को वर्डा अध्यक्षको कुर्सीको दुरुपयोग गरिएको घटना सार्वजनिक भएको छ ।जिराभवानी गाउँपालिका वडा नम्बर एकमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष रामशरण ख्वासको कार्यकक्षमा रहेको कुर्सीमा बसेर स्थानीय युवा विशाल चौधरीले फोटो खिचेर फेसबुकमा अपलोड गरेपछि सो रहस्य बाहिरिएको हो ।वडा अध्यक्षको कुर्सीमा बसेर स्थानीयले फोटो खिचेपछि सो घटनाको चौतर्फी आलोचना भएको स्थानीय बुद्धिजीवीले बताएका छन । सो विषयमा गाउँपालिका अध्यक्ष अनोज चौधरीसंग बुझ्दा वडा अध्यक्षको गैरजिम्मेवारपनका कारण त्यस्तो घटना हुनपुगेको भन्दै छानबिन गरी दोषिमाथि कारबाही गरिने बताउनुभयो ।

















