मुलुक राजनीतिक रुपले कता जान्छ यसै भन्न सकिने अवस्था त छैन । यद्यपि नेपालमा भएका राजनीतिक गतिविधिहरुले भने दलहरुका बीचमा तीव्र धुब्रीकरण हुने लगभग निश्चित छ । राजनीतिक दलहरुका बीचमा धुब्रीकरण हुँदै गर्दा शुक्रबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गरेका छन् । जुन आफैमा गति ठीक हो, त्यसको त फरक हिसावले समीक्षा होलान नै तर जजसले मन्त्री बन्ने अवसर पाएका छन् । त्यो चाही महत्वपूर्ण कुरा हो ।

यो देशमा प्रधानमन्त्रीहरु नै लामो समय टिकेको त्यत्ति धेरै उदाहरण पनि छैनन् । केपी ओली भने अनेक हिसावले पनि टिकिरहेका छन् । जुन स्थायित्वका हिसावले ठिकै पनि होला तर प्रधानमन्त्री ओलीको समेत कार्यकाल लामो नभएको देशमा मन्त्रीको कार्यकाल लामो भएन भनेर चिन्ता गर्नु भन्दा पनि मधेशको सवालमा धेरै कुरा उठाउनेहरुले अहिले अवसर पाएका छन् ।

अब उनीहरुले आफू मन्त्री पदमा छउन्जेल केही रचनात्मक काम गरुन् भन्ने चाहना मधेशका नागरिकहरुको छ । मधेशमा आन्दोलन वा हड्ताल गरेर वितण्डा मात्रै गर्नुभन्दा पनि पदलाई कसरी सदुपयोग गर्ने भन्नेतर्फ लाग्नु पर्दछ र राम्रो काम गर्न सकेको खण्डमा मात्रै उनीहरुमा लागि हित हुने छ । अन्यथा मधेशका नागरिकहरुका लागि ‘जुन जोगी आएप्नि कानै चिरेको’ भनेजस्तै हुने छ ।

 

 

Leave a Reply