नरेश गुप्ता

बरियारपुर –  नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र कलैयाले बाराको विभिन्न  ठाउँबाट बिधुत चुहावट गरि पानी तान्ने मटर ,पंखा सहित तारहरु बरामद गरिएको छ । बिधुत चुहावट नियन्त्रण टोलिले पानी तान्ने मटर ७ थान , पंखा १ थान तथा तारहरु बरामद गरिएको बितरण केन्द्र कलैयाको प्रमुख गजेन्द्र चौधरिले जानकारी दिए ।

 

 

कोरोना भाइरस (कोभिड १९ ) को संक्रमणका कारण लकडाउनको बेला पनि नेपाल बिधुत प्राधिकरणले बिधुत सेवा निरन्तर दिइरहेको अवस्थामा बिधुत चुहावट गर्नेलाई कार्वाही गरि बिधुतिय मटर र पंखा पक्राउ गरिएको प्रमुख  चौधरीले बताए । लकडाउनको समयमा पनि बिधुत चुहावट नियन्त्रण टोलि कलैयाले छडके चेकजाँच गरिरहेकाले ग्राहकहरुलाई सचेत रहन आग्रह समेत गरेका छन् ।

Leave a Reply