सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरास्थित छातापिपरा युथ क्लबलाई वडा कार्यालयले खेल सामग्री सहयोग गरेको छ ।जीतपुरसिमरा वडा नम्बर ९ कार्यालयको वार्षिक बजेटबाट क्लबलाई फुटबल र भलिबल खेलका लागि आवश्यक जर्सी, नेट, टिशर्ट, ट्रयाकसुट, बल र जुत्तालगायतका खेल सामग्री वितरण गरिएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा ९ का वडाध्यक्ष मोतिलाल राउतले छातापिपरामा खेलकुदको विकासका लागि आफ्नो व्यक्तिगत तथा वडा कार्यालयको तर्फबाट गर्न सक्ने सम्पूर्ण सहयोगका लागि आँफू सदैब तयार रहेको बताउनुभयो ।९ नम्बर वडा कार्यालयमा आयोजित खेल सामग्री हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष राउत, वडा सदस्यहरु निपेन्द्र चौधरी, महेश्वर चौधरी, शोभादेवी सहनी, शिवदेवीलगायत स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिपति रहेको थियो ।



















