वीरगन्ज,डेङ्गी रोग सम्बन्धि जनचेतना फैलाउन वीरगन्जमा मङ्गलबार ¥याली निकालिएको छ ।

नेपाल चिकित्सक संघ नारायणी शाखाको आयोजना र विभिन्न स्थानीय संघ संस्थाहरुसँगको सहकार्यमा वीरगन्जमा मङ्गलबार डेङ्गी रोग सम्बन्धि जनचेतना फैलाउन ¥याली निकालिएको हो ।

वीरगन्जको घण्टाघर बाट सुरु भएको ¥याली नगरको विभिन्न स्थानको परिक्रमा गर्दै पुनः घण्टाघर मै पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै संघमा आबद्ध चिकित्सकहरुले डेङ्गी रोग निकै घातक रहेको र यसबाट जोगिन व्यक्तिले आफै सचेतना अपनाउनु पर्नेमा जोड दिएका थिए । चिक्तिसकहरुले घरको वरिपरी पानी जम्न नदिन, किटनासक औषधिको प्रयोग गर्न, पूरा बाहुला भएका लूगा लगाउन र डेङ्गीको लक्षण देखिनासाथ चिकित्सकसँग सम्पर्क गर्न आग्रह गरे ।

¥यालीमा नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए), नारायणी सेन्ट्रल अस्पताल, प्रभु अस्पताल र नेपाल औषधि व्यवसायी संघ लगायतले सहकार्य गरेका थिए ।

Leave a Reply