पुष्पराज खतिवडा
मनहर्वा – जीतपुसिमरा उपमहानगरपालिका १८ स्थीत रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले मृतक सदस्यका आश्रीत परिवारलाई बुधबार एक कार्यक्रमका बिच ३५ हजार राहत रकम हस्तान्तरण गरिएको छ । कलैया उपमहानगरपालिका २४ मनहर्वा निवासी ५० बर्षिया स्वर्गिय जीतनी थरुनीको घरमा श्रद्धाञ्जली सभाको आयोजना गरी आश्रीत परिवारमा रकम हस्तान्तरण गरिएको हो । थरुनीका पती अमृत चौधरीलाई सहकारी संस्थाकी अध्यक्ष नयनकला खड्काले रकम हस्तान्तरण गर्नु भएको हो ।

 

 

आन्द्रामा क्यान्सर भई उपचारका क्रममा थरुनीको गत ७ गतेका दिन निधन भएको हो । थरुनीका पती , १ छोरा र २ छोरी छन् । संस्थाद्धारा संचालित सदस्य शुरक्षा बचत कार्यक्रम अन्तरगतको रकम पूर्व संचालक समेत रहेकी स्वर्गीय थरुनीका परिवारमा हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

 

 

उक्त कार्यक्रममा साविक मनहर्वा गाविसका भुतपूर्व अध्यक्ष रामदयाल प्रसाद चौधरी, सहकारी संस्थाकी अध्यक्ष नयनकला खड्का ,उपाध्यक्ष फुलकुमारी बस्नेत अन्तरसमुह उपसमितिका पधादिकारीहरु ,सदस्यहरु र संस्थाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

 

 

सदस्य शुरक्षा बचत कार्यक्रम अन्तरगत ५९बर्ष मुनीकाले तीनहजार दुईसय र ६० बर्ष उमेर कटेका सदस्यहरुले एकहजार एकसय बचत गर्दा मृत्यू पश्चात ३५ र १० रकम राहत पाउने ब्यवस्था रहेको संस्था अध्यक्ष खड्काले जानकारी दिईन् । संस्थाले तीनबर्ष अघिबाट संचालनमा ल्याएको मृत्य पर्यन्त बचत कार्यक्रममा एकहजार पाँचसयबढी सहभागि भएको उनले जानकारी दिईन् । संस्थामा ४८ पुरुष सहित २२ सय ३८ सदस्य आवद्ध छन् ।

Leave a Reply