बिदुर खडका

डुमरवाना,राष्ट्रिय कृषक समुह महासंघले बारा र रौतहट जिल्लाका कृषक समुहलाई कार्यालय संचालनको लागि आइतवार सिमरामा एक कार्यक्रमको आयोजना गरेर मसलंन्द सामानहरु वितरण गरेको छ ।बारा र रौतहटका ३३ वटा कृषक समुहलाई कार्यालय संञ्चालनको लागि आवश्यक पर्ने मसलंन्द सामान वितरण गरेको परियोजनाकी अधिकृत अंकिता नेपालले जानकारी दिनुभयो ।कृषक समुह महासंघले बारा र रौतहटका कृषक समुहका सदस्यहरुलाई सिमरामा भेला गराएर २ दिने कार्यशाला गोष्टि संञ्चालन गरि मसलन्द सामग्री सहयोगसहित कृषक जागरण संम्बन्धि कार्यक्रम गरेको थियो ।कार्यक्रमा कृषक समुह सुदृढीकरण तथा समावेशीकरण, पर्यावरणीय उत्तरदायित्व, कृषि तथा खाद्यान्न अधिकार लगायतका बिषयहरुमा किसानहरुलाई जागरुक गराएको थियो ।कार्यक्रमको सहजीकरण कबिता बंञ्जार, नथुनी माझी र सबिना वस्तिले गर्नुभएको थियो ।

Leave a Reply