नरेश गुप्ता

बरियारपुर,जिल्लाको सदरमुकाम कलैयास्थित कलैया अस्पतालमा सुरक्षित प्रसुति सेवा लिनेको संख्यामा बढेको छ । आ ब ०८८,०८९ को साउन महिनामा मात्र तीन सय जनाले नर्मल डिलेभरी सेवा लिइएको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डाः गौरव महतोले जानकारी दिनुभयो ।

कलैया अस्पतालले सुरक्षित र भरपर्दो सेवा दिन थालेपछि बिरामीहरु वीरगन्जको साटो जिल्ला अस्पतालबाटै सेवा लिन थालेको महतोले बताउनुभयो । त्यसैगरी अस्पतालले नर्मल डिलेभरी गर्न नसकेका बिरामीलाई शल्यक्रिया गरि सुरक्षित प्रसुति सेवा दिन थालेको छ । कलैया अस्पतालका चिकित्सक हरिओम केशरी र डाः रमोला साहले गर्भवती महिलाको शल्यक्रिया गर्दै आउनुभएको छ । साउनमा मात्र चार जनाको सुरक्षित शल्यक्रिया भएको स्टाफ नर्स सोना गुरुङले बताउनुभयो । सुरक्षित प्रसुति सेवा प्रभावकारी तुल्याउन वार्डमा बिहान र बेलुकी गरि १२ जना स्टाफ नर्स खटाइएका छन ।

कलैया अस्पतालमा सुरक्षित प्रसुति सेवाको लागि पुग्नु भएका बारागढी गाउँपालिका वडा नम्बर ७ का रोहन चौधरीले आफ्नो बुहारीको शल्यक्रिया गराएको चार दिन भएको आमा र बच्चा सुरक्षित रहेको बताउनुभयो । उहाँले शल्यक्रियाको क्रममा राम्रो सेवा पाएको उहाँले बताउनुभयो । यसैगरी कलैया उपमहानगरपालिका वडा नम्बर ११ निवासी मुनरती पासवानले अस्पतलमा आएर छोरा जन्माएको र बच्चा र आमाको अवस्था सकुशल रहेको ससुरा जीवन हजरा दुसादले बताउनुभयो ।

बिगतका दिनमा भन्दा अहिले कलैया अस्पतालको सेवा सुविधा सुधार हुँदै आएपछि जिल्लाभित्रका सेवाग्राहीहरु उपचारको लागि महङ्गो शुल्क तिरेर निजी अस्पताल र क्लिनिकमा धाउनु पर्ने बाध्यताबाट मुक्त बनेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here