निजगढ,युथ अफ निजगढले शनिवार निजगढमा प्रि–होली म्युजिकल कन्सर्ट आयोजना गरेको छ ।कन्सर्टमा चर्चित हास्यकलाकार शिवशंकर जोगिन्दार (पान वाला), गायिका मिलन नेवासहित स्थानीय कलाकारको प्रस्तुति रहेको थियो ।निजगढ ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयको प्राङ्गणमा भएको सो कन्सर्टको मधेस प्रदेश सभा सदस्य मिना लामाले उद्धाटन गर्नुभएको थियो । कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, जिल्ला समन्वय समिति बाराकी उपाध्यक्ष चण्डिका उप्रेती, नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गलगायतले कार्यक्रम सफलताको लागि शुभकामनासहित होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।युथ अफ निजगढकी अध्यक्ष उषा थापा मोक्तानको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन लक्ष्मी पाण्डे, भाइकाजी श्रेष्ठ र सन्तोष पौडेलले गर्नुभएको थियो ।क्लबले विगत १० वर्ष अघिदेखि हरेक साल होली पर्वको पूर्वसन्ध्यामा निजगढमा म्युजिकल कन्सर्ट संचालन गर्दै आएको छ ।


















