हेटौडा,बाराको कोल्हवी नगरपालिकाका एक जनालाई ४३ ग्राम सुनसहित मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोल्हवी नगरपालिका वडा नम्बर ५ का ३३ वर्षीय जस जोशी चौधरी रहेका छन् ।विशेष सूचनाको आधारमा मकवानपुर प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले उनलाई हेटौँडा १५ रातोमाटे क्षेत्रबाट पक्राउ गरेको हो ।प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा कोल्हवीबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ ख ५१२९ नम्बरको बस रोकेर जाँच गर्दा चौधरीको साथबाट ४३.३८ ग्राम सुनजस्तो देखिने पहेँलो धातु बरामद भएको थियो ।बरामद भएको उक्त धातुको बजार मूल्य ६ लाख ३५ हजार २२६ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



















