सिमरा,सशस्त्र प्रहरीका अधिकृत र जवानलाई लक्षित गरी ट्राफिक प्रहरीले सचेतना कार्यक्रम सुरु गरेको छ ।कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरीले सशस्त्र प्रहरीको क्याम्पमै पुगेर सचेतना कक्षा संचालन गर्न थालेको छ । राजमार्गमा खटिने सशस्त्र प्रहरी समेत ट्राफिक नियमको विषयमा जानकार हुनुपर्ने भन्दै कार्यालयले सशस्त्र प्रहरी लक्षित सचेतना अभियान थालेको हो ।कार्यालयले हालसम्म बारा र पर्साका दुई स्थानमा कक्षा संचालन गरिसकेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा शुक्रवार एक सय ३३ अधिकृत र जवानलाई ट्राफिक नियम सम्बन्धि कक्षा संचालन गरिएको छ ।ट्राफिक प्रहरी सहायक निरीक्षक दीपक बस्नेतको नेतृत्वको टोलीले कक्षा संचालन गरेको हो । सचेतना कक्षामा दुर्घटना न्युनीकरण, सडक सुरक्षा र सवारी व्यवस्थापन निम्ति सशस्त्र प्रहरी संगठनका अधिकृत र जवानको भूमिका र सहकार्यको विषयमा जानकारी गराइएको बस्नेतले जानकारी दिनुभएको छ ।यसअघि पर्सास्थित सशस्त्र प्रहरीको १३ नं. गणमा कक्षा संचालन भएको थियो । उक्त कक्षामा ६५ जना अधिकृत र जवान सहभागी थिए ।

Leave a Reply