निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ स्थित सहिद हिरालाल रंगशालामा बुधवार बिरुवा गोडमेल तथा सरसफाइ गरिएको छ ।सहिद हिरालाल रंगशाला व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर न्यौपाने (गोकुल)को पहल र निजगढ ६ का प्रकाशप्रसाद सापकोटाको समन्वय तथा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल निजगढ ६ का अध्यक्ष मोहन सापकोटाको अग्रसरतामा बिरुवाको गोडमेलसंगै रंगशाला परिसरको सरसफाइ गरिएको हो ।हरित रंगशालाको रुपमा स्थापित गर्ने उद्देश्यका साथ विभिन्न संघसंस्थाले यसअघि रोपेका बिरुवाहरुको गोडमेलसंगै रंगशाला परिसरमा सरसफाइ गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।खेल मैदानको वातावरण हरियाली र स्वच्छ तुल्याउन बिरुवा गोडमेल तथा सरसफाई कार्यक्रम गरिएको रंगशालााका अध्यक्ष न्यौपानेले बताउनुभयो ।

Leave a Reply