नविन चौधरी

कोल्हबी,बारा जिल्लाको क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा राप्रपाले गिरधारी चौधरीको नाम सिफारिस गरेको छ । पार्टीले क्षेत्र नम्बर १ बाट चौधरीको एकल नाम सिफारिस गरेको हो ।

क्षेत्रीय सभापती भक्तबहादुर दर्लामीको अध्यक्षतामा कोल्हबीस्थित शुभबिहानी कटेज होटेल एण्ड लजमा शनिबार बसेको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावको लागि चौधरीको नाम सिफारिस गरेको हो ।

त्यसैगरी बैठकले क्षेत्र नम्बर १ प्रदेशसभा क बाट प्रत्यक्षतर्फ उम्मेदवारमा बिनोदकुमार भारती, खड्गप्रसाद उप्रेती र राजेन्द्र मैनालीको नाम सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नम्बर १ प्रदेश ख बाट प्रत्यक्षतर्फ ललनप्रसाद, सत्यन्द्रप्रसाद गुप्ता र महम्मद हामिद अंसारीको नाम सिफारिस गरेको छ ।

बैठकले संघीय सांसदको समानुपातिकतर्फ राजनारायणप्रसाद चौधरी, साबित्री देवी भारती, गिरधारी चौधरी, अरविन्दकुमार यादव, अमित मिंयाँ अन्सारी र जितबहादुर बस्नेतको नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेश क समानुपातिकमा भक्तबहादुर दर्लामी, बिनोद भारती, सुजनकुमार तिमिल्सिना, बमबहादुर कुँवर, खड्गप्रसाद उप्रेती, रेनु राउत, मानबहादुर सापकोटा र दिपनारायण साहको नाम सिफारिस गरेको छ । प्रदेश ख को समानुपातिकतर्फ भने प्रेमशिला देवी यादव, रामनारायण दास, जंगली सहनी, अक्तर परदेशी, राजेश्वरप्रसाद यादव र कमिता पाण्डेको नाम सिफरिस भएको छ ।

Leave a Reply