सेढवा,पर्साको सखुवाप्रसौनी गाउँपालिकामा स्थानीय युवाहरुको सक्रियतामा बिग्रिएको सडक मर्मत गरिएको छ ।
सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ अवराहा पंचगावादेखि सखुई जमुनियासम्मको जिर्ण सडक नेकपा एमालेका युवा नेता यशवन्त यादवको पहलमा मर्मत गरिएको छ ।
विगत लामो समयदेखि सडक जीर्ण हुँदा पैदल यात्रु तथा सवारी साधनहरुको आवतजावतमा असहजता भइरहेको थियो । उक्त असहज परिस्थितिलाई स्थानीय सरकार र निर्वाचित जनप्रतिनिधिको नजरमा नपरेपछि युवा नेता यादवसहित स्थानीय नेताहरु ईनरदेव महतो थारु, भुपदेव रायथारु, रामनाथ दास थारु, उमेश चौधरी लगायतको सहयागोमा मर्मत गरिएको हो । निर्वाचित जनप्रतिनिधिहरुको कार्यवधि लगभग अन्तिम चरणमा आउँदा पनि गाउँपालिकाको हरेक वडामा सडक विस्तार नहुनु, भएका सडक पनि जिर्ण हुनुको पछाडि ढिलासुस्ती, अनियमितता र लापरबाही भएको युवा नेता यादव बताउनुहुन्छ ।