नेपाल आयल निगम जहिले पनि घाटामा रहेको कुरा उल्लेख हुने गर्दछ । खाना पकाउने एलपी ग्यासमा नेपाल आयल निगमलाई प्रतिसिलिन्डर ६३५ रुपैयाँ घाटा हुने गरेको समेत बताइएको छ ।इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार निगमलाई प्रतिसिलिन्डर एलपी ग्यासमै ६३५ रुपैयाँ घाटा हुने भएको हो । आईओसीले बुधबार पठाएको नयाँ मूल्य सूचीअनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ३३९ रुपैयाँ बढेर आएको छ । यससँगै एलपी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ ।यसअघि खाना पकाउने एलपी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २ हजार ९६ रुपैयाँ थियो । यो मूल्यअनुसार निगमलाई प्रतिसिलिन्डर २९६ रुपैयाँ घाटा थियो । निगमलाई एक महिनामा एलपी ग्यासको बिक्रीबाट १ अर्ब ८६ करोड रुपैयाँ घाटा हुने भएको छ । चालू आर्थिक वर्ष २०७९÷८० को ७ महिनाको अवधिमा भारतबाट ३३ अर्ब ३४ करोड २९ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ । यस अवधिमा उक्त मूल्य बराबरको २९ करोड ३९ लाख २२ हजार किलोग्राम एलपी ग्यास आयात भएको छ । यसबापत राज्यले ६ अर्ब २१ करोड रुपैयाँ राजश्व आर्जन गरेको छ ।तैपनि निगम घाटामा रहेको छ । हुनत बिश्व बजारमा पनि अहिले समस्या छ तर निगम संधै घाटामा जानु भनेको सोचनीय कुरा हो । निगमको विषयमा धेरै टिका टिप्पणी पनि हुने गर्दछ । कतै निगम दुप्लाएर व्यक्ति (कर्मचारी) मोटाउने काम पो हुदैछ कि भन्ने कुरामा अब विश्लेषण हुन जरुरी छ ।

Leave a Reply