जनकपुरधाम,धनुषा प्रहरीको भ्यानबाट हाम फालेर भागेका बलात्कारका आरोपित ७२ घण्टापछि पक्राउ परेका छन् ।आइतबार साँझ करिब ७ बजेको समयमा शहिदनगर नगरपालिका ३ स्थित यदुकुहा र सशस्त्र क्याप्पबीचको नहरमा हाम फालेर फरार भएका जिल्लाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुर बस्ने २८ वर्षीय राजाबाबु मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।मुखियालाई मंगलवार राति करिब सावा १२ बजे जिल्ला प्रहरी कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको प्रहरीको संयुक्त टोलीले जनकन्नदनी गाउँपालिका १ ईनर्वास्थित भारतीय सीमा नजिकबाट भारततर्फ जानको लागि लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।फागुन ५ गते जवरजस्ती करणीको आरोपमा पक्राउ परेका मुखियालाई दोस्रो पटक म्याद थप गरि लैजादैँ गरेको अवस्थामा अभियुक्त फरार बनेपछि थुनुवा गाडीमा सुरक्षार्थ खटिएको ६ जना प्रहरी कर्मचारीहरूमाथि प्रहरी नियमावली अनुसार आवश्यक कार्वाही प्रक्रियाअगाडि बढाईएको पनि डिएसपी गौतमले बताउनुभयो ।

Leave a Reply