दिपेन्द्र जयसवाल,
गन्जभावनीपुर,बाराको करैयामाई गाउँपालिका करैयाको दोस्रो प्रशासकीय भवनको शिलान्यास गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवले बिहीवार कार्यालय परिसरमा एक कार्यक्रमका बीच धार्मिक विधिअनुसार पूजा गरेर दोस्रो प्रशासनिक भवनको शिलान्यास गर्नुभएको हो ।
भवन शिल्यान्यास समारोहमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र महतो, वडा नम्बर १ का वडाअध्यक्ष सोनालाल साह, वडा नम्बर ५ का वडा अध्यक्ष उमेशप्रसाद चौधरी वडा नम्बर ६ का वडाअध्यक्ष राजकुमार चौधरी, कार्यपालिका सदस्य सीता चौधरी, वडा सदस्य काशी चौधरी, गाउँपालिकामा कार्यरत विभिन्न शाखाका कर्मचारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी र संचारकर्मीलगायतको उपस्थितिमा प्रशासकीय भवनको शिलान्यास गरिएको थियो ।



















