दिपेन्द्र जैसवाल
गन्जभवानीपुर,बाराको कोल्हवी नगरपालिका वडा नम्बर ७ रहेको यूनीक बचत तथा ऋण सहकारी संस्था लि.को छैठौँ साधारण सभा सम्पन्न भएको छ ।संस्था कोषाध्यक्ष कपिलदेव चौधरीको अध्यक्षतामा भएको सो साधरण सभाको प्रमुख अतिथि वडा अध्यक्ष सलाउदिन अंसारीले पानसमा बत्ति बालेर उद्धाटन गर्नुभएको थियो ।कार्यक्रममा सस्थाको आर्थिक प्रतिवेदन र लेखा प्रतिवेदन सहकारीका सचिव मनोज चौधरी र वार्षिक प्रतिवेदन सस्थाका अध्यक्ष कपिलदेव चौधरीले प्रस्तुत गर्नुभएको थियो ।श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेल्वा धोधरपामा भएको उद्धाटन कार्यक्रममा साधारण सभाको सफलताको लागि पूर्ववडा अध्यक्ष बिरेन्द्रप्रसाद चौधरी, वडा सदस्य धर्मेन्द्र चौधरी, समाजसेवी हरेकृष्ण चौधरी, शिक्षक नरेन्द्र चौधरी, जचु चौधरी, समाजसेवी शिवनारायण चौधरी, रामसहाय चौधरी, श्यामुरारी, मोहन विश्वकर्मा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।कार्यक्रममा संस्थाको संञ्चालक समितिका पदधिकाकरीहरु, शेयर सदस्य र स्थानीय राजनितक दलका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमको संञ्चालन शिक्षक आत्माराम चौधरीले गर्नुभएको थियो ।


















