बारामा सोमवार एकजना व्यक्ति हतियार सहित पक्राउ परे । बारामा करिब एक दशक अघिको कुरा गर्ने हो भने यस्ता हतियारधारी समूहको एक प्रकारको बिगबिगी नै रहेको थियो । अझै पर्साको वीरगन्जमा त समेत दिउँसै प्रहरीकै मिलेमतोमा नागरिकहरुको हत्या समेत भएकै हो । भूमिगत समूहको नाउमा मधेशमा नै हतियारको बिगबिगी रहेको थियो र केहीको हत्या समेत भएकै थियो ।अब समय फेरिएको छ । भारतीय अपराधीहरु सिधै नेपालमा आएर अपराध गरेर फर्किहाल्ने अवस्था भने अहिले छैन । नेपालको सीमा क्षेत्रमा अपराध नै त नभएका होइनन् यद्यपि पछिल्ला दिनमा भने केही कमी आएको छ । यसो हुनुको पछाडि भने धेरै कारण छन् । भारतको बिहारमा समेत अपराध नियन्त्रणका लागि प्रयास भएपछि नेपालमा समेत भारतीय अपराधीहरुको गतिविधिमा कमी आएको हो ।तथापि अझै हतिायरको मोह देखिएको छ । साना हतियार बोकेकाहरु नेपालमा पक्राउ पर्ने गरेका छन् । यसो हुनु राम्रो होइन । यसले फेरि समाजमा कतै अपराध पो बढदै छ कि भन्ने सन्त्रास जगाउने भएकाले यस्ता अपराधलाई पनि नियन्त्रणमा ल्याउनका लागि समाजका सबै व्यक्ति सहित प्रहरीको भूमिका हुन आवश्यक छ ।
















