भर्खरै सकिएको आम चुनावको मत परिणाम अन्ततिर पुगेको छ । अबको एक दुई दिनमा नै सबै क्षेत्रको मत परिणाम आउने छ ।

मत परिणाम सार्वजनिक भएपछि निर्वाचन आयोगले राष्ट्रपति समक्ष अन्तिम मत परिणाम बुझाउने छ अनि संसदमा सांसदहरुको खरिद बिक्री पनि सुरु हुने भन्ने हल्ला चलेको छ । बिगतमा माओवादी नहुँदाको सदनमा पनि यस्तै अभ्यास भएकै थियो ।

अहिले पनि यस्तै हुनेमा आशंका बढेको छ । हुन त अहिलेको सांसद र समय फरक छ । अहिलेको परिस्थिति फरक भए पनि सरकार बनाउनका लागि आवश्यक पर्ने सांसदहरुको संख्याका लागि चलखेल गर्न पर्ने भएकाले पनि सांसदहरुको खरिद बिक्री एक प्रकारले हुने देखिन्छ नै । त्यसो त यो अभ्यास बिगतमा धेरै भएका छन् ।

यसपाली नहोस् भन्ने आम मतदाताहरुको कामना हो । पुराना मान्छे नदोहोरिउन् भन्ने पनि चाहना सबैको थियो । सरकार बनाउनका लागि कुनै एक दलको बहुमत नभएकाले पनि दलहरु मिल्नुपर्ने अवस्था भएकाले मन्त्री बनाउनका लागि नै भए पनि र मन्त्री खानका लागि नै भए पनि साना र जनमत पनि कम भएका दलहरुले समेत मौकामा चौका हान्ने दाउमा देखिएकाले आखिर योे पनि त खरिद बिक्री नै हो नि होइन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here