कृष्ण मोहन साह

सेढवा – बिहिबार नेपाली सेनाले पर्साको राष्ट्रिय बनमा सिकार गर्ने क्रममा दुइजना सिकारीलाई पक्राउ गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षातार्थ खटिएका सिद्धीबक्स गणका नेपाली सेना र सुनाखरी मध्यवर्ती उपभोक्ता समितिको नेतृत्वमा गएको बन गस्ती टोलिले राष्ट्रिय बनमा दुमसीको सिकार गरिरहेको अवस्थामा रहेका पाँच जना रहेको सिकारीका टोलि मध्ये दुइजनालाइ पक्राउ गरेको छ ।

 

 

 

पक्राउ पर्नेमा ठोरी गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष १६ को सुरज सुन्दास र सोही स्थान बस्ने वर्ष ४२ को कृष्ण बहादुर तामाङलाई पक्राउ गरेको हो । गस्ती टोलिलाइ देख्ने बितिकै अरु सिकारीहरु भाग्न सफल भएको गस्ती टोलिमा सहभागी सुनाखरिका अध्यक्ष देवि प्रसाद दहालले जानकारी दिनुभयो । पक्राउ गरिएको दुबै जनालाइ आवश्यक कार्वाहीको लागि सबडिभिजन बन कार्यालय पर्सा अन्तर्गत रहेको डिभिजन बन कार्यालय वसन्तपुरमा पठाइएको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here