वीरगन्ज,पर्साको धोबिनी गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार छापा मारेको छ ।
धोबिनी गाउँपालिकामा कार्यरत ईन्जिनियर रविभुषण पटेलले आर्थिक वर्ष २०७६÷७७, ७७÷७८ र ७८÷७९ का विभिन्न योजनाहरुमा अनियमितता गरेको उजुरीका आधारमा अख्तियारले गाउँपालिका कार्यालयमा छापा मारेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौडाको टोलीले मंगलवार साँझ अबेरसम्म पनि कार्यालयका कागजाताहरु अध्ययन गरीरहेको धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद नवाज हुसैनले जानकारी दिनुभयो । सो विषयमा थप विवरण आउन बाँकी छ ।


















