निजगढ,मोटरसाइकल दुर्घटनामा परी पर्सा राष्ट्रिय निकुञ्ज आधाभार बारामा कार्यरत २६ वर्षीय रेन्जर दीपककुमार तिवारीको मृत्यु भएको छ । कामको सिलसिलामा सिन्धुली जाने क्रममा शनिबार दिउसो आपैंmले चलाएको वाग्मती प्रदेश ०२— ०२० प २७६१ नंको बुलेट मोटरसाइकल निजगढमा दुर्घटना हुँदा रेन्जर तिवारीको घटनास्थलमैं मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाराले जनाएको छ ।

रेन्जर तिवारी चढेको मोटरसाइकल सोही दिशाबाट आइरहेको प्रदेश २–०३–०१२ प २५९९ नम्बरको पल्सर मोटरसाइकलमा ठोकिएको थियो र अनियन्त्रित भएर विपरित दिशाबाट आउँदै गरेको बा.१० च ८०७५ नम्बरको कार र ना.६ ख ६४१२ नम्बरको मालवाहक ट्रकमा ठोक्किन पुग्दा रेन्जर तिवारीको घटनास्थलमैं मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय निजगढले जनाएको छ ।

निषेधाज्ञाको समयमा राजमार्गमा सवारीसाधन न्यून गुड्दा खाली भएको सडकमा दु्रत गतिमा मोटरसाइकल चलाउँदा सो दुर्घटना हुन पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक विपिन ओझाले बताउनुभयो । निजगढको भमरा पुलदेखि करीब २ किलोमिटर पूर्वतर्फको महेन्द्र राजमार्गमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शङ्करप्रसाद चौधरीले बताउनुभयो । अर्को मोटरसाइकल चालक सर्लाही वाग्मती नगरपालिका– १० का ४१ वर्षीय खलकप्रसाद गौतम घाइते भएका छन् । उनको खुट्टा भाँचिएको छ । घाइते गौतमको निजगढ अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here