दिपेन्द्र जयसवाल

गन्जभवानीपुर,कोल्हबी नगरपालिका वडा नम्बर ७ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेलवा धोधरपामा युनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ ।संस्थाको कार्यवाहक अध्यक्ष मिना चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सल्लाहकार हरिकृष्ण चौधरीले गर्नुभएको थियो भने संस्थाको वार्षिक प्रतिवेदन विन्दु चौधरीले प्रस्तुत गर्नुएको सो वार्षिक साधारण सभामा पूर्ववडा अध्यक्ष बिरेन्द्रप्रसाद चौधरी, ने.क.पा.एकीकृत समाजवादी पार्टीका जाबेद अन्सारी, समाजसेवी सुरेन्द्रप्रसाद चौधरी, स्थानीय नरेन्द्रप्रसाद चौधरी लगायतका वक्ताहरूले साधारण सभामा आआफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ७ को वडा अध्यक्ष सलाउदिन अन्सारीको प्रमुख आतिथ्यतामा भएको सो चौथो साधारण सभामा कार्यक्रमको सहजीकरण आत्माराम चौधरीले गर्नुभएको थियो ।

Leave a Reply