रौतहट,रौतहटको चन्द्रपुर नगरपालिकाको पत्रमा किर्ते हस्ताक्षर गरी विद्यालयको रकम हिनामिना गरेको आरोपमा एकजना प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।चन्द्रपुर नगरपालिका राजपौडामा रहेको आधुनिक प्राथमिक विद्यालय राजपैडाका प्रधानाध्यापक किशोरी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।नगरपालिकाको आर्थिक वर्ष २०८०-०८१ को विशेष अनुदानबाट विद्यालयको ४ कोठे भवन निर्माणको लागि विद्यालयको खातामा ४७ लाख ७५ हजार ५१२ रुपैयाँ ८५ पैसा रकम निकासा गरिएको थियो ।

निर्माण कम्पनी ब्रह्मबाबा कन्ट्रक्सनलाई पहिलो रनिङ बिल भरपाइको आधारमा नगरपालिकाको पत्रद्वारा २० लाख १० हजार ५२९ रुपैयाँ ७९ पैसा भुक्तानी दिनुपर्ने थियो । तर, प्रधानाध्यापक चौधरीले नगरपालिकाको पत्रमा किर्ते हस्ताक्षर गरी २९ लाख ३५ हजार ५२९ रुपैयाँ ७९ पैसा ठेकेदार कम्पनीले पाउने गरी खाताबाट निकालेर रकम हिनामिना गरेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply