वीरगञ्ज,। १६ कात्तिक । भारत र अष्ट्रेलियाबीचको पाँच खेलको टी–२० सिरिजको तेस्रो खेल आज अष्ट्रेलियाको होबार्टको बेलेरिभ ओभलमा हुँदैछ । यस खेलमा भारतीय कप्तान सूर्यकुमारले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् । दुई टोलीबीचको टी–२० सिरिजको पहिलो खेल क्यानबेरामा वर्षाका कारण रद्द भएको थियो । मेलबर्नमा भएको टी–२० खेलमा अष्ट्रेलियाले ४ विकेटले जित हात पारेको हो ।
भारतीय टोलीका लागि बायाँ हाते फास्ट बलर अर्शदीप सिंह, अलराउन्डर वासिङ्टन सुन्दर र विकेटकिपर जितेश शर्मा टोलीमा फर्किएका छन् । जबकि यस खेलको प्लेइङ–११ बाट हर्षित राना, कुलदीप यादव र सञ्जु सामसन बाहिरिएका छन् । अर्कोतर्फ अष्ट्रेलियाले जोस हेजलउडको स्थानमा अलराउन्डर सेन एबोटलाई टोलीमा राखेको छ ।
तेस्रो टी–२० मा अष्ट्रेलियाको प्लेइङ–११ : मिचेल मार्स (कप्तान), ट्राभिस हेड, जोस इन्ग्लिस (विकेटकिपर), मार्कस स्टोइनिस, टिम डेभिड, म्याथ्यु सर्ट, मिचेल ओवेन, नाथन एलिस, जेवियर बार्टलेट, मैथ्यू कुह्नमैन और सीन एबॉट रहेका छन् भने भारतका लागि शुभमन गिल, अभिषेक शर्मा, सूर्यकुमार यादव (कप्तान), तिलक वर्मा, जितेश शर्मा (विकेटकीपर), शिवम दुबे, अक्षर पटेल, वॉशिंगटन सुंदर, अर्शदीप सिंह, वरुण चक्रवर्ती और जसप्रीत बुमराह छन् ।
टी–२० क्रिकेटको इतिहासमा भारत र अष्ट्रेलियाबीच अहिलेसम्म ३४ खेल खेलिएका छन् । यस अवधिमा भारतले २० खेल जितेको छ भने अष्ट्रेलियाले १२ खेल जितेको छ । जबकि २ खेलको नतिजा आउन सकेन ।

















