पोखरा । २२ औं आहा–रारा पोखरा गोल्डकपमा धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा भएको खेलमा धरानले आयोजक सहारा क्लबलाई १–० ले हराएको हो ।धरानलाई जिताउन प्रकाश बुढाथोकीले खेलको चौंथो मिनेटमै गरेको गोल नै निर्णायक भयो ।धरानले डिबक्स क्षेत्र नजिकै फ्रिकिक पाएको थियो । उक्त अवसरलाई सदुपयोग गर्दै बुढाथोकीले गोल गरेका हुन् ।आहारारा गोल्डकपमा आयोजक सहारा र धरान फुटबल क्लब बिहीबारको भिडन्तसँगै तेस्रो पटक मैदानमा आमनेसामने भएका हुन् । यसअघिका २ खेलमा धरान आयोजक सहारासँग पराजित भएको थियो । अन्तिम पटक यी दुई टोलीबीच २०६८ मा प्रतिस्पर्धा भएको थिए ।दशौं आहा रारा गोल्डकपको उक्त खेलमा सहाराले १–० ले धरानलाई पराजित गरेको थियो । त्यसको अघिल्लो नवौं संस्करणको पहिलो खेलमा पनि आयोजक सहाराले धरानलाई २–१ ले पराजित गरेको थियो ।त्यसको बदला लिँदै धरानले बिहीबार भएको आहा रारा पोखरा गोल्डकपको २२ औं संस्करणको उद्घाटन खेलमा आयोजकलाई हरायो । खेलको दोस्रो हाफमा धरानमाथि दबाब बनाए पनि गोल चुमाउन नसक्दा आयोजक पहिलो खेलबाटै बाहिरिनु परेको छ ।२२ औं संस्करणको आहा रारा गोल्डकपको शुक्रबार हुने दोस्रो खेलमा नेपाल पुलिस क्बल र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबीच पोखरा रंगशालामा हुनेछ ।

Leave a Reply