नेपालमा स्थानीय तनहको निर्वाचन नजिकिदै छ । गणतन्त्र स्थापना भएपछि दोश्रो पटक यो निर्वाचन हुन लागेको हो । यो निर्वाचनका लागि अहिले विभिन्न राजनीतिक दलहरुले आफ्ना चुनावी गतिविधिहरु अगाडि बढाइ रहेको देखिन्छ । चुनाव आएपछि दलहरुले चुनावी गतिविधि अगाडि बढाउनु स्वभाविक पनि हो तर राजनीतिक दलहरुको व्यवहार भने उदेक लाग्दो छ ।

दलहरु आफैमा तँछाडमछाड गरिरहेका छन् । उनीहरुले आफ्नो स्वार्थ पूर्तिका लागि अर्कालाई गाली समेत गर्ने गरेको देखिन्छ । यसरी राजनीतिक संस्कार नहुनु भनेको भोलिका दिनमा दलहरुप्रति नै नागरिकको वितृष्णा उत्पन्न गराउने कुरा पनि हो । त्यसैले संस्कार अति आवश्यक छ ।

यही संस्कारको अभावले पनि कति दलहरुको भविष्य अब अन्यौलमा पर्ने देखिएको छ । त्यसैले पनि राजनीतिमा संस्कार आवश्यक छ र यो हुनु पनि पर्दछ । राजनीतिक संस्कारका साथ काम गरेको खण्डमा भने सफलता हासिल हुनेछ र आरोप प्रत्यारोपभन्दा पनि आपसी भाइचाराको राजनीति होस् र हुनु पनि पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here