बारा – बिगत लामो समय देखि बाराको कलैयामा लाग्दै आएको खसी बजार बिहिवार  देखि बरियारपुरमा लाग्ने भएको छ ।  सदरमुकाम  कलैयामा बिगत लामो समय देखि खसी , बाख्रा  बजार महागढीमाई नपा २ स्थित ईनरवा चौकमा लागेपछी स्थानीय  खसी बिक्रेताहरु खुशी  भएका छन ।  बिगतको दिनमा  जिल्ला  प्रहरी  कार्यलय बाराले भरत चौक स्थित स्थानिय खसी  ब्यापारिको ५० वटा बाख्रा  भारत बाट ल्याएको भन्दै नियन्त्रणमा लिइ लिलाम गरेपछी ब्यापारीहरुले कलैया छाडेर बरियारपुरमै आफ्नो खसी बजार संचालन गर्न लागेको मासु ब्यवसायी संघ बाराको अध्यक्ष  भोला मियाले बताए ।

 

 

बारा प्रहरीले खसी ब्यापारीहरुलाई दुख दिएकोले कलैया बाट खसी बजार बिस्थापित गर्नु परेको पहिलो कारण अध्यक्ष मियाले गुनासो राखे । अर्को कुरा बाराको दोस्रो ब्यापारिक केन्द्रको रुपमा बरियारपुर रहेकोले बाराको ग्रामीण  भेग बाट खसी ब्यापारी हरु सजिलै खसी बाख्रा ल्याई बिक्रि  गर्न लागेको उनले बताए । जिल्ला भरिका खसी ब्यापारीहरु बिस्तारै  बिस्तारै  बाराको बरियारपुर आउने र हप्तामा दुई दिन सोमबार र बिहीवार  खसी बजार लाग्ने उनले जानकारी  गराए ।  महागढीमाई नगर प्रमुख उपेन्द्र प्रसाद यादवले खसी बजार बरियारपुरमा संचालन हुनलागेको भन्दै यसलाई ब्यवस्थित गर्न आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

 

 

 

 

खसी बजार संचालन हुन लागेपछी महागढीमाई लगायत आसपासको क्षेत्रमा  बाख्रा पालन फार्म पनि स्थापना गर्ने र बेरोजगार  युवाहरुलाई अनुदान दिएर बाख्रापालन ब्यवसायलाई आगामी दिनमा फस्टाउदै लगने आफ्नो लक्ष्य रहेको नगर प्रमुख यादवले बताए । महागढीमाई नगरपालिका  २ अन्तर्गत ईनरवा चौकमा खसी बजार संचालन  हुन लागे पछि स्थानियहरु खुसी भएका छन ।

Leave a Reply