कलैया,सशस्त्र प्रहरीको ब्यारेक भवनको उद्घाटन सम्पन्न भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १६ स्थित श्री सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण हेड क्वाटर परिसरमा बल्लादार जवानको भवनको उद्घाटन गरिएको हो ।

प्रहरीको श्रमदान, आन्तरिक श्रोतसाधन, स्थानीय निकाय र स्थानीय उद्योगीहरुको सहयोगमा भवन निर्माण भएको हो । ब्यारेक भवन उद्घाटन कार्यक्रमको प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपती नायब महानिरीक्षक डिआइजी चन्द्रप्रकाश गौतम, विशिष्ट अतिथिमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनाल, महागढिमाई नगरपालिकाका उपप्रमुख तारादेबी कानु, प्रसौनी गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै उद्घाटन कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही, सशस्त्र प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक रबिनराज कर्णजित, कलैया उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष शेषनाथ साह सहित तीन वटै सुरक्षा निकायको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here