वीरगन्ज,जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाईकलसहित १ जनालाई पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नं.२५ का २४ बर्षीय सुनिल कुमार पटेललाई प्रहरीले पक्राउ गरेको हो । बा.३७ प ३४०८ नम्बरको निलो १५० सि.सि.को चोरीको पल्सर मोटरसाइकलसहित पटेललाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं.२ सुरजाहा बस्ने सोनालाल पण्डितको नाममा दर्ता रहेको उक्त मोटरसाइकल घर अगाडिमा पार्किङ गरिएको अवस्थामा कार्तिक ४ गते बिहान ४ बजे चोरी भएको थियो ।
चोरीको सूचना प्राप्त भएपछि खोजी थालेको प्रहरीले १० गते राती साढे ११ बजे वीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौबाट प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले फेला पारेको थियो ।


















