मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ को वडा कार्यालय भवनको बिहीवार शिलान्यास गरिएको छ । वडा अध्यक्ष भिमबहादुर स्याङ्गतानले कार्यालय भवनको शिलान्यास गर्नुभएको हो ।१८ लाख ४० हजारको लागतमा ८ कोठे पक्की भवन निर्माण गर्ने योजनाका साथ कार्यालय भवन निर्माण गर्न लागिएको हो । भवनमा तत्काल कुर्सी र पिलरको काम गरिने छ । बजेट अभावका कारण पुरै निर्माण भने यसपटक नहुँन वडा अध्यक्ष स्याङ्गतानले बताउनुभयो । बजेट व्यवस्था भएपछि निर्माण कार्य पुरा गरिने अध्यक्ष स्याङ्गतानले बताउनुभयो ।भवनको निर्माणको काम गर्ने जिम्मा पाएको प्रतीक्षा निर्माण सेवा मकवानपुरका राजु लामाका अनुसार संझौतामा तोकिएअनुरुप अबको एक महिनाभित्र कार्यालय भवन निर्माणको काम पुरा गरिने बताइएको छ ।

Leave a Reply